विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की [भिडियो]
प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्नका लागि शिक्षामन्त्री महावीर पुनको नेतृत्वमा गृहकार्य भइरहेको
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
807
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्थालाई परिमार्जन गर्न सरकार लागिपरेको बताएकी छन्। यस कदमले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्ने प्रधानमन्त्रीको भनाइ छ।
बुधबार धुलिखेलमा आयोजित काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा बोल्दै उनले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा गृहकार्य भइरहेको जानकारी दिइन्।
उनले भनिन्, "पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यक्ताको बोध भएको छ।" उनले शिक्षामन्त्री पुनले शिक्षाविद्, विश्वविद्यालयका कुलपति, उपकुलपतिलगायत उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहेको बताइन्। ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ सरकार लागेको र यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौँ विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसको अनुशरण गर्दै अघि बढ्न अन्य विश्वविद्यालयहरूलाई पनि आग्रह गरेकी छन्।