arrow

सुनको भाउ सामान्य बढ्दा चाँदीको आकाशियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ समान्य र चाँदीको भाउ ह्वात्तै बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई सय र चाँदीको एक सय ५० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ रहेको थियो ।

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यता, मूल्य ह्वात्तै बढेसँगै बुधबार असली चाँदीको भाउ प्रतितोला तीन हजार सात सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको भाउ यसअघि मंगलबार प्रतितोला तीन हजार छ सय रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ