arrow

अंशु गौतमको दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
anshu-gautam-dahasanskar.jpg

मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहसंस्कार भएको छ । आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार उनको अन्तिम संस्कार भएको छ ।

छिमेकीद्वारा नै बलात्कारपछि हत्या गरिएकी अंशुको अन्तिम बिदाइमा ठूलो संख्यामा स्थानीयबासी सहभागी भएका थिए । उनको परिवारजनले दागबत्ती दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिँदै आत्माको शान्तिको कामना गरे ।

अंशुको अन्तिम बिदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागी भए ।

बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो। असोज २३ गतेदेखि हराएकी अंशुको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

लामो अनुसन्धानपश्चात प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षीय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शव नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि शव बुझेर आज उनको दाहासंस्कार सम्पन्न गरिएको हो ।

स्व अंशुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीयहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहसंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजकिरिया गर्ने जनाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ