arrow

टेरा ड्रोनको कार्यालय भवनमा आगलागी हुँदा २० को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
aaglagi-indonesia.jpg

काठमाडौँ । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।

एएफपी समाचार एजेन्सीले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ ।

अहिलेसम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।

भवनमा लागेको आगो द्रूत गतिमा फैलिएपछि सबै १८ जना पीडितहरू भवनभित्र फसेर मृत फेला परेका जाइएको छ ।

गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।

सहरका अग्निशामक टोलीले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ ।

उद्धारकर्मीले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूलाई सिँढीको माध्यामबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो ।

थप पीडितहरू अझै पनि भवनभित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् ।

अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाइएको छ ।

आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ