arrow

'राजा, दल र जेनजी पुस्ता' बीच नवीन समझदारी आवश्यक: लिङ्देन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
lingdenss.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउनका लागि राजा, राजनीतिक दल र जेनजी पुस्ता बीच नयाँ समझदारी हुनुपर्नेमा जोड दिएका छन्।

मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनअघि नै यी तीन शक्तिबीच सर्वपक्षीय सम्मेलन गरेर मुलुकलाई निकास दिने कामको नेतृत्व गर्न आग्रह गरेका छन्। अध्यक्ष लिङ्देनले यथास्थितिमा निर्वाचन भएमा मुलुकमा झनै विद्रोहको आगो बल्ने चेतावनी दिए। उनले मुलुक भूराजनीतिको गम्भीर चक्रव्यूहमा फसेको जिकिर गर्दै यस्तो अवस्थामा निर्वाचन भए देशले झनै ठूलो ध्वंस व्यहोर्नुपर्ने अवस्था आउने बताए।

अध्यक्ष लिङ्देनले भने, "यो समस्याको समाधान होइन। फागुन २१ गते अथवा यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु भनेको समस्यालाई अलि परतिर धकेल्ने कुरा मात्र हो। यो भन्दा ठूलो ध्वंस देशले व्यहोर्नुपर्ने हुनसक्छ।" उनले नेपाल भूराजनीतिको गम्भीर चक्रव्यूहमा फसेको प्रमाणित भएको दाबी गर्दै देशलाई निकास दिनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल र अहिले आन्दोलनले स्थापित गरेको शक्ति जेनजी पुस्ताबीच नयाँ समझदारी कायम गरेर अगाडि बढ्नुपर्ने बताए।

उनका अनुसार, राजा राष्ट्रिय एकताको प्रतीक हो, राजनीतिक दल लोकतन्त्र र प्रजातन्त्रसँग सम्बद्ध हो, र जेनजी पुस्ता हाम्रो भविष्य हो। यो तीनवटा शक्तिको समझदारीबाट देशलाई निकास दिनुपर्छ भन्नेमा जोड दिँदै उनले प्रधानमन्त्री कार्कीलाई, "तपाईं यो मध्यावधि चुनाव गर्नका लागि मात्रै प्रधानमन्त्री बन्नु भएको होइन। त्यसकारण राजा, राजनीतिक दल, जेनजी पुस्ताको सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुस् र देशलाई निकास दिने कामको नेतृत्व गर्नुहोस्," भन्दै आग्रह गरे। उनले राजा मुलुकको राष्ट्रिय एकताको प्रतीक भएकाले त्यसको अनिवार्य आवश्यकता मुलुकलाई भएको पनि दोहोर्‍याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ