-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालको बयान लिएको छ ।
उनीसँग भदौ २३ गतेको जेन–जी आन्दोलन तथा २४ गते उत्पन्न अवस्था तथा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा आयोगले अर्यालसँग बयान लिएको हो ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको पनि छिट्टै बयान लिइने आयोगले जनाएको छ ।
यसअघि आयोगले प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग बयान लिइसकेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने भने पनि अहिलेसम्म आयोगले बयान लिन सकेको छैन ।