arrow

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका लागि टीआईको प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
anti-corruption-82-8-23-tinepal (6).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । सो अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजधानीको गौशाला चोकमा भ्रष्टाचार नियन्त्रण, उन्मूलन र जनचेतनाका लागि विभिन्न प्लेकार्डहरु प्रदर्शनी गरेको छ । 
    
नेपाल भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको अवस्थामा रहेको छ ।

भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवम् तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन् । 

 विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०० मा ३४ अंक पाएर १०७ औँ स्थानमा रहेको छ, भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गत वर्ष सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ ।

सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ ।

यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्रेरित गर्दछ । 

यस वर्षको नाराले भ्रष्टाचार विरुद्धको अभियानमा युवाको सक्रिय सहभागिताले भविष्य सुरक्षित र न्यायपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा प्रष्ट पार्दछ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ ।

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

भ्रष्टाचार विरोधी अभियानमा लागेका विभिन्न संघ संस्थाहरुले आज विशेष कार्यक्रम गरिरहेका छन् । 

अहिलेको सरकारले त्यस्तो औपचारिक कार्यक्रम कुनै गरेको जानकारी दिएको छैन । जबकि यो सरकार जेन–जीको आन्दोलनबाट आएको सरकार हो । जेन–जी आन्दोलनले भ्रष्टाचार हटाएर मुलुकमा सुशासन कायम गर्ने मुद्धचालाई प्राथमिकता दिएको थियो ।

anti-corruption-82-8-23-tinepal (4).jpg
anti-corruption-82-8-23-tinepal (5).jpg
anti-corruption-82-8-23-tinepal (6).jpg
anti-corruption-82-8-23-tinepal (7).jpg
anti-corruption-82-8-23-tinepal (8).jpg
anti-corruption-82-8-23-tinepal (9).jpg
anti-corruption-82-8-23-tinepal (10).jpg
anti-corruption-82-8-23-tinepal (11).jpg
anti-corruption-82-8-23-tinepal (12).jpg
anti-corruption-82-8-23-tinepal (13).jpg
anti-corruption-82-8-23-tinepal (14).jpg
anti-corruption-82-8-23-tinepal (1).jpg
anti-corruption-82-8-23-tinepal (2).jpg
anti-corruption-82-8-23-tinepal (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ