arrow

पोखरेली महिलाको पौरखः यसरी बनाउँदैछन् पेपर पेन्सिल [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
paper-pencil-made-by-pokhareli-women (3).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

पोखरा । पत्रपत्रिका पढेपछि सामान्यतया: हामी त्यसको पुनः प्रयोग गर्दैनौँ । यसलाई काम नलाग्ने वस्तुको रुपमा लिइन्छ । पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन् ।

कोइकाको आर्थिक सहयोगमा पोखरेली सिसा कलम नामको परियोजना अन्तर्गत 'पेपर पेन्सिल' परियोजना सञ्चालनमा ल्याइएको हो ।

यो कामका लागि सुरुमा पत्रिका संकलन गरिन्छ र आवश्यकता अनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ । त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ । एकै पटक १०-१५ वटासम्म बनाउन सकिन्छ ।

लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ । मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन । सुरुमा छायाँमा सुकाएर मात्र घाममा राखिन्छ ।  यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ ।

उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री  रहेको छ  । यसले गर्दा पोखरा महानगरपालिकामा फोहर ब्यबस्थापनमा टेवा पुगेको छ।

महानगरले स्थानीय उत्पादनलाई  प्राथामिकता राखी उद्यमीलाई  प्रोत्साहन  दिने जस्ता योजना  बनाउनुपर्छ । युवाहरुलाई स्वदेशमै रोक्न यसले सहयोग पुग्ने उनको भनाइ छ ।
 

paper-pencil-made-by-pokhareli-women (3).JPG
paper-pencil-made-by-pokhareli-women (4).JPG
paper-pencil-made-by-pokhareli-women (5).JPG
paper-pencil-made-by-pokhareli-women (6).JPG
paper-pencil-made-by-pokhareli-women (7).JPG
paper-pencil-made-by-pokhareli-women (8).JPG
paper-pencil-made-by-pokhareli-women (9).JPG
paper-pencil-made-by-pokhareli-women (10).JPG
paper-pencil-made-by-pokhareli-women (11).JPG
paper-pencil-made-by-pokhareli-women (12).JPG
paper-pencil-made-by-pokhareli-women (13).JPG
paper-pencil-made-by-pokhareli-women (14).JPG
paper-pencil-made-by-pokhareli-women (1).JPG
paper-pencil-made-by-pokhareli-women (2).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ