arrow

जेन-जी प्रदर्शनका क्रममा फरार कैदी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
karagar-prison-management.jpg

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका २२ वर्षीय सुविन गुरुङ रहेका छन्। उनी गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजुमा बस्दै आएका थिए।

वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ