पुनःबहालीपछि हितेन्द्र शाक्यको प्रतिक्रिया - न्यायको जीत भयो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
969
Shares
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःबहाली गर्ने फैसला गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताएका छन्।
“न्यायालयको निर्णयले राहत महसुस भएको छ,” शाक्यले भने।
उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्याएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यका पक्षमा परमादेश जारी गरेको हो।
सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो। सरकारको सोही निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।