arrow

सरकारी कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ नियन्त्रणमा, १५ लाई पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
pakrau9.jpg

सिन्धुली । गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।

प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका-५ वडा कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका-८ घर भई हाल कमलामाई-६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई-५ का ४७ वर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका-४ घर भई हाल कमलामाई-६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम छन् ।

यस्तै, सर्लाहीको रामनगर गाउँपालिका-६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई-६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई-५ का २७ वर्षीय रबन चौधरी, कमलामाई-१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई-६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई-४ का २४ वर्षीय सविन लामा, कमलामाई-१२ का २३ वर्षीय डोरबहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका-२ घर भई हाल सिन्धुलीको कमलामाई-५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका-११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई-८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई-८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका-१४ घर भई हाल कमलामाई-६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ