arrow

शिभालीले अष्ट्रेलियन ओपन खेल्ने, बनिन् पहिलो नेपाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
shivali-gurung-tennis-grandslam.jpg

काठमाडौँ । टेनिसकी युवा खेलाडी शिभाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ । नेपालबाट ग्रान्डस्लाम खेल्ने पहिलो खेलाडीको इतिहास रच्दै शिभालीले अर्को महिना शुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो । 

शिभालीले अष्ट्रेलियन ओपनको १४ वर्ष मुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नेछिन् । अष्ट्रेलियाको मेलबर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ ।

शिभाली ग्रान्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी हुन् । उनले उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शन गर्दै ग्रान्डस्लाम सम्मको यात्रा तय गरेकी हुन् । शिभाली हाल १४ वर्ष मुनिको एसिया वरियताको तेस्रो नम्बरमा छिन् । नेपालबाट एसियाको तेस्रो वरियतामा पुग्ने उनी पहिलो खेलाडी हुन् । 

शिभालीले ग्राण्डस्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आईटीएफ एटीएफ अन्तर्गत टेनिस टु युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशको भ्रमण गरेकी थिइन् ।

शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आईटीएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी छिन् । 

भर्खरै १४ वर्षमा प्रवेश गरेकी शिभाली आईटीएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ