arrow

 नेपाल प्रिमियर लिग

कर्णाली र जनकपुरबीच प्रतिष्ठाको लडाइँ, टस जितेर जनकपुर बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
janakpur-karnali.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स एकअर्कासँग भिडिरहेका छन्। प्लेअफको दौडबाट बाहिरिसकेका यी दुवै टोली आज प्रतिष्ठाका लागि खेलिरहेका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएसँगै जनकपुर बलिङ गरिरहेको छ। समाचार तयार पार्दासम्म १० ओभरभित्र कर्णालीले २ विकेटको क्षतिमा ४८ रन जोडेको छ ।

प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक/एक खेलमा मात्रै जित निकालेका छन्।

यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स पहिलो क्वालिफायरका लागि छनोट भइसकेका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ