मधेसमा मन्त्रीमण्डल विस्तार: महेश अर्थमन्त्री नियुक्त, तीन जनाले लिए शपथ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
954
Shares
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट १/१ जनालाई समावेश गरी मन्त्रीमण्डल विस्तार गरेका छन् ।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) पार्टीका कनिष पटेललाई भने बिना विभागीय मन्त्री बनाइएको छ।
नवनियुक्त यी तीन जना मन्त्रीहरूले आजै (आइतबार) प्रदेशप्रमुख डा. सुरेन्द्र लाभबाट शपथ ग्रहण गरेका हुन् ।