arrow

मधेस सरकार गठन गर्न सात दलले दाबी पेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
madhes-government-7-partices.jpg

जनकपुर । मधेस प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए । 

‘मुख्यमन्त्री हुनेको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौँ’, उनले भने । 

सात राजनीतिक दलको गठबन्धनमा जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाइ छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ