arrow

मनाइँदै स्वरसम्राटको स्मृति दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
narayan-gopal.jpeg
तस्बिर : फाइल

काठमाडौँ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । 

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै  स्वरसम्राट उपाधिबाट नारायणगोपाल सम्मानित भएका हुन् । 

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए १ कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् । 

मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ