arrow

अमेरिकाको नयाँ राडारको निगरानीमा भेनेजुएला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
venezuela-america-trump-maduro.jpg

काठमाडौँ। ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधवार संयुक्त राज्य अमेरिकाले आफ्नो द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीको मुख्य उद्देश्य भेनेजुएलाको प्रतिबन्धित कच्चा तेलको अवैध तस्करी रोक्नुका साथै लागुऔषध तस्करी नियन्त्रण गर्नु रहेको स्पष्ट पारेका छन्।

भेनेजुएलाको तट नजिकै रहेको ट्रिनिडाड एन्ड टोबागोसँग वासिङ्टनले सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ। भेनेजुएलाको मदुरो प्रशासनले अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी भएको सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै आपत्ति जनाएको छ र यसलाई आफ्नो प्रशासनलाई अपदस्थ गर्ने अमेरिकी प्रयासको हिस्सा भएको आरोप लगाएको छ। ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रण गर्दै दबाब बढाएको छ।

ट्रम्पको समर्थक मानिनुहुने प्रधानमन्त्री पर्साद–बिसेसरले राडारको मुख्य लक्ष्य भेनेजुएलाबाट आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्नु रहेको बताउनुभयो। ट्रम्प प्रशासनले सन् २०१९ मा नै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो, जुन अहिले पनि कायम छ। प्रधानमन्त्रीका अनुसार नयाँ राडार उपकरणहरूले देशको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाएको छ।

यद्यपि, भेनेजुएलाको काराकासले प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको भेनेजुएला विरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ, तर प्रधानमन्त्रीले भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि आफ्नो भूभाग प्रयोग गर्ने अमेरिकी योजनामा कुनै संलग्नता रहेको आरोपलाई अस्वीकार गरेका छन्। 

यसैबीच, गत अगस्टदेखि वासिङ्टनले क्यारिबियन क्षेत्रमा युद्धपोतहरूको ठूलो बेडा तैनाथ गरेको छ र लागुऔषध तस्करीविरुद्धको अभियानमा भएका समुद्री आक्रमणले ठूलो संख्यामा मानवीय क्षति भएको तथ्याङ्क छ। अन्तर्राष्ट्रिय कानूनी विशेषज्ञहरूले यस्ता प्रहारहरूलाई अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ