शुक्रबारका लागि प्रधानमन्त्री कार्कीले डाकिन् सर्वपक्षीय बैठक
बैठकमा जेन–जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
1.1k
Shares
तस्बिर : फाइल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छिन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सो बैठकमा जेन–जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छिन् । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालगायत साना तथा मधेस केन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।