रौतहटमा जेन–जी आन्दोलनमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
819
Shares
काठमाडौँ । रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै जाँदा इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका– ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा– ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको र रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्यालले बताए।