सिन्धुलीकी छात्राको चितवनको होटलको छतबाट खसेर मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
824
Shares
चितवन । चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा पाख्रिन छतबाट खसेर गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा बकुलहर अस्पतालमा मृत्यु भएको हो।