arrow

राजेशको नेतृत्वमा नेविसंघको स्ववियु परिषद्को प्रदेश समिति गठन, सचिवमा कविता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
nebisangh-bagmati-pradesh-parishad.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघ नेविसंघको स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालको अधिवेशनका लागि प्रदेश समिति गठन भएको छ । 

विभिन्न क्याम्पसबाट आएका प्रतिनिधिको भेलाले बागमती प्रदेश समितिको गठन गरेको हो । 

राजेश तिमिल्सिनाको सभापतित्वमा १२ सदस्यीय समिति गठन भएको हो । 

जसमा उपसभापतिमा समीर मानन्धर, सचिवमा कविता गौतम, सहसचिवमा रोशन कार्की, कोषाध्यक्षमा विकास मोक्तान विजयी भएका हुन् ।

त्यस्तै सदस्यहरूमा शिव गजुरेल, संकल्पिका थापा, लासान तामाङ, जमुना कार्की, प्रमिता प्याकुरेल, विनिता बिक र अनिता तामाङ रहेका छन् । 

विजेता सबै सर्वसम्मत भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ