arrow

वीरगञ्ज भन्सारबाट चार महिनामा साढे ७५ अर्बको राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
birjung-bhansar-karyalaya-custom-office.jpg

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। यस अवधिमा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन्।

कार्यालयका अनुसार सर्वाधिक राजस्व पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड सङ्कलन भएको छ। त्यसपछि यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठेको छ।

अन्य प्रमुख वस्तुहरूमा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, र मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ। यसैगरी, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ