arrow

काठमाडौँमा आज दिनभर आंशिक बदली रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
mountain-kathmandu-nov-himal-2082-nov.jpg

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली रहने पूर्वानुमान गरेको छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। आज बिहान यहाँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस बीच रहने अनुमान छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ