नेपाली कम्युनिष्ट पार्टीको एकताको सन्देश सभा जनकपुरधाममा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
897
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।
१६ ओटा विभिन्न राजनीतिक दलहरू मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो ।
सांगठनिक सुदृढिकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशमा पुगेर शीर्ष नेताहरूको उपस्थितिमा एकताको सन्देशसभा गर्न लागेको नेकपाका नेता महेन्द्रराय यादवले जानकारी दिए ।
उनले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए ।
आठ ओटै जिल्लामा सहजकर्ता खटाएर अमासभामा सहभागी हुनका लागि आम नागरिकलाई सहजीकरण गरिएको उनले बताए । सन्देश सभामा ४० हजार बढीको आठ ओटै जिल्लाबाट सहभागिता रहने अनुमान गरिएको छ ।
सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।