arrow

फर्निचर उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
aglagi-martadi.jpg

बाजुरा । बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार आगलागी भएको छ ।

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । 

बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।  

आगलागीबाट बडीमालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । 

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ