arrow

चक्रवात डिट्वाहका कारण तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
chakrapat-india.jpg

भारत । भारतको तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । 

लगभग एक सय ५० गाईवस्तु मरेका छन् ।

वर्षाले दुई भन्दा बढी घर र झुपडीहरूमा क्षति पुर्याएको छ ।

राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लामा ३८ राहत शिविर स्थापना गरिएको छ । 

यसैबीच, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका २८ टोलीहरू खटाइएको छ । 

चक्रवात डिट्वा शुक्रबार श्रीलंकामा फैलिएको थियो । जसमा मुसलधारे वर्षाले पहिरो र बाढी निम्त्याएको थियो । 

मृत्यु हुनेको संख्या दुई सय १२ पुगेको छ र देशमा दुई सय १८ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ