arrow

अन्ठानब्बे करोड ठगी आरोपमा प्रभु बैंकका सीईओ शेरचन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
ashok-sherchan-prabhu-ceo.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैङ्किङ कसरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिूए । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान अगाडि बढाएको छ । 

सीआईबीले यसअघि गत कात्तिक २२ गते बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । 

त्यसैगरी सीआईबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । 

भट्टचनमाथि अनुसन्धानका क्रममा बैङ्कका सीईओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भट्टचनविरुद्ध रु ९८ करोड ठगी गरेको आरोप लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ