arrow

वर्षौंदेखि शक्तिकेन्द्रमा रहेका माधवको जिकिरः देशहितबारे केन्द्रित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
madhav-kumar-pokhara.jpg

पोखरा । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरू देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् ।

आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै वर्षौंदेखि शक्तिकेन्द्रमा रहेका उनले यस्तो दाबी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरू देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरू गर्ने रहेको बताए । उनले आफूहरू देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने बताए । 

देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरूसँग लड्न गएर नहुने पूर्व एमाले प्रमुख नेपालले बताए ।

नेपालको मामिलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपालको भूमि कसैका लागि प्रयोग गर्न नदिने कुरामा ध्यान दिनुपर्ने नेकपा एसका पूर्व अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘हामीले जुन उद्देश्यहरू राखेका छौँ, जुन लक्ष्यहरू तय गरेका छौँ, त्यसलाई जोगाउने, स्वाभिमानको रक्षा गर्ने, र देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । त्यसो भएको हुनाले हामी देशभक्त नेपाली हौँ भन्नेकुरामा गौरववोध गर्नुपर्छ । देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशीको चाकडी गर्ने पनि होइन । उनीहरूसँग लड्न जाने पनि होइन । हाम्रो मामिलामा कसैले हस्तक्षेप नगरोस् । नेपालको भूमि कसैका लागि प्रयोग गर्ने काम नगरोस् ।’

सहसंयोजक नेपालले पोखरा पर्यटनको निम्ति उर्वर भूमि भएको बताए। उनले सांस्कृतिक, ऐतिहासिक धरोहर पोखरा रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ