arrow

नेसनल गार्ड सदस्यको मृत्युपछि अफगानी भिसामा अमेरिकाले लगायो रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
national-gurds.jpg

काठमाडौँ। ह्वाइट हाउस नजिकै भएको गोली हानाहानमा एक नेसनल गार्ड सदस्यको मृत्यु र अर्कोको गम्भीर अवस्थापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अफगान पासपोर्टमा यात्रा गर्ने व्यक्तिहरूका लागि भिसा जारी गर्ने प्रक्रिया तात्कालिक रूपमा रोकेको छ। यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्ला लकानवाल पक्राउ परेर पहिलो–डिग्री हत्यासहित अनेक आरोपको सामना गरिरहेका छन्।

लकानवाल अफगानिस्तान युद्धका दौरान सिआइएसँग काम गरेका पूर्व सहकर्मी भएको बताइन्छ। उनले बाइडेन प्रशासनका क्रममा शरणका लागि निवेदन दिएका थिए र चालु वर्ष ट्रम्प प्रशासनको समयमा यो शरण स्वीकृत भएको अफगानइभाक नामक सहायता समूहले जनाएको छ। ट्रम्प प्रशासनले कानूनी आप्रवासन कठोर बनाउने, केही गरीब राष्ट्रबाट प्रवेशमा रोक तथा अमेरिकामा रहेका अफगान र अन्य कानूनी आप्रवासीहरूको पुनःसमीक्षा गर्ने नीति अघि बढाउँदै आएको छ।

बुधबारको गोलीकाण्डमा २० वर्षीया विशेषज्ञ सारा बेकस्ट्रोमको मृत्यु भएको थियो भने २४ वर्षीय स्टाफ सार्जन्ट एन्ड्र्यु वोल्फ गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन्। युएस एटर्नी जेनिन पिर्रोको कार्यालयका अनुसार लकानवालमाथि सशस्त्र अवस्थामा मार्ने उद्देश्यले आक्रमण गरेका दुई अतिरिक्त आरोप पनि जोडिएको छ र पिर्रोले ‘थप आरोपहरू आउन बाँकी छन्’ भनी उल्लेख गरेकी छिन्। राष्ट्रपति ट्रम्पले यस घटनालाई ‘आतङ्कवादी हमला’ भन्दै बाइडेन प्रशासनले अमेरिकी सेनालाई सहयोग गर्ने अफगानहरूलाई प्रवेश गराएको निर्णयको कडा आलोचना गरे।

यसबीच युएस नागरिकता तथा अध्यागमन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समा प्रत्येक विदेशीको अधिकतम तहमा छानबिन भएको सुनिश्चित नभएसम्म शरणसम्बन्धी सबै निर्णयहरू स्थगित गरिने घोषणा गरे। शुक्रबार विदेशमन्त्री मार्को रुबियोले पनि अफगान पासपोर्टमा यात्रा गर्ने सबै व्यक्तिका लागि भिसा जारी प्रक्रिया रोकिएको जानकारी दिए। सो निर्णयप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अपगानइभाकका अध्यक्ष शन भ्यानडाइभरले ‘एक व्यक्तिको हिंसात्मक कार्यलाई बहाना बनाएर प्रशासनले लामै समयदेखि योजना बनाएको नीति लागू गर्न लागेको’ आरोप लगाए।

सन्दिग्ध लकानवाल सन् २०२१ मा बाइडेन प्रशासनको ‘अपरेसन एलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिकामा प्रवेश गरेका थिए र उनी वासिङ्टन राज्यको बेलिङहममा पत्नी र पाँच सन्तानसँग बस्दै आएका थिए। खोस्तका एक नातेदारका अनुसार लकानवालले सन् २०१२ देखि सिआइए समर्थित अफगान विशेष ‘शून्य युनिट’ मा सुरक्षा गार्ड लगायतका रूपमा सेवा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ