रास्वपा र विवेकशील साझाको आज औपचारिक एकता घोषणा हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
2.5k
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।
विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो र विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो।