arrow

दुर्गा प्रसाईंको दाबी - फागुन २१ मा निर्वाचन हुँदैन [भिडियो]

सरकार भ्रष्टाचारमा विगतको भन्दा फरक छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
durga-prasaiss.jpg

काठमाडौँ। विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे।

शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी 'जात एउटै' रहेको टिप्पणी गरे। उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गरे। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउँदै उनले आफूले हालसम्म कुनै पनि भ्रष्टाचार र अनियमितता नगरेको दाबी गरे।

प्रसाईंले भने, “चुनाव नै हुँदैन। चुनाव नहुने क्लियर छ। अहिलेको सरकारको नेतृत्वमा रहेकाहरूको पनि जात एउटै हो। विगतका सरकार भन्दा फरक छैन। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ। केको भ्रष्टाचारविरोधी? मैले कुनै अनियमितता गरेको छैन।”

उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरूसहित भेटवार्ता गर्ने बताए। २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफ्ना माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउँदै माग पूरा नभए आन्दोलन हुने चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ