राखेप सदस्यसचिव घिसिङको बिदाइ, प्रतिबद्धता पूरा गरेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
15.2k
Shares
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आफ्नो कार्यकालमा २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताए।
शुक्रबार काठमाडौँमा आयोजित बिदाई कार्यक्रममा बोल्दै उनले वर्तमानमा खेल संघहरूको संख्या घटेर ६३ पुगेको जानकारी दिए। उनले आफ्नो चार वर्षे कार्यकालमा सक्रिय संघहरूमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफ्नो कार्यकाल नै खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको अवधि भएको दाबी गरे।
उनले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरूको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताए। त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्स वितरण गरिएको थियो।