arrow

कांग्रेसका जेन–जीहरू धेरै क्षमतावान् छन् – प्रतिमा गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
pratima-gautam-new.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले हाल जेन–जीको नाममा मुभमेन्ट चलाउनेहरू भन्दा कांग्रेसमा भएका जेन–जीहरू धेरै क्षमतावान् भएको बताएकी छन्।

स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बोल्दै उनले कांग्रेसको जेन–जी भनेको नेपाल विद्यार्थी सङ्घमा आवद्ध भएका २८ वर्ष मुनिका विद्यार्थी रहेको बताए। उनले हाल चर्चामा रहेका जेन–जीहरूमा राजनीतिक चेतना कमजोर भएको बताउँदै कांग्रेसमा भएका जेन–जीहरू धेरै काबिल र क्षमतावान् भएको दाबी गरिन्।

पार्टीभित्र जेन–जीको क्षमतालाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उनको भनाइ छ। उनले पछिल्लो समय देशको परिस्थिति बदलिएकोले पार्टी र देश निर्माणको अभिभारा युवा विद्यार्थीमा आएको बताए। उनले पार्टीमा पनि धेरै कुराहरू बदल्न बाँकी रहेको उल्लेख गरिन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सबै पुस्ता मिलेर देश निर्माणमा लाग्नुपर्ने बताए। उनले फागुन २१ गते हुने निर्वाचनमा पार्टी नयाँ धारणाका साथ जनतामा जाने उल्लेख गर्दै नेपाल विद्यार्थी सङ्घ पनि वास्तविक जेन–जी आफूहरू भएको दाबी गर्दै निर्वाचनमा लाग्नुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ