arrow

ठमेलमा पर्यटकलाई हैरानी दिने र लुटपाटमा संलग्न १३ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
nepal-police12.jpg

काठमाडौं। काठमाडौंको ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने र जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गर्ने आरोपमा १३ जना व्यक्तिहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकका १९ वर्षको बादल तामाङ, बाजुराका २२ वर्षको गणेश नाथ, तनहुँका २४ वर्ष को बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय बिशाल नेपाली, रामेछापका २१ वर्षको मिलन नेपाली, गोरखाका २२ वर्षको बिवश खनखवास, बाँकेका २३ वर्षको अभिषेक थापा, काभ्रेपलान्चोकका २२ वर्षको संजय लामा, दाङका २० वर्षकी प्रतिमा डाँगी र दाङकै २१ वर्षकी प्रमिला पुन मगर रहेकी प्रहरीले जनाएको छ।

बुधबार राती १:१० बजेको जनगुनासोको आधारमा ठमेल पर्यटन विकास परिषदका पदाधिकारीसहित प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनीहरूले अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार समेत गरेका थिए।

ती व्यक्तिहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ