arrow

गुण्डु पुगे जसपा बागमती अध्यक्ष, एमालेमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
gundu-jasapa-adhakchaya.jpg

काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

बुधबार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन्। अध्यक्ष ओलीले उनलाई खादा लगाएर पार्टीमा स्वागत गरे।

गोलेले अशोक राई नेतृत्वको जसपा पनि 'टुक्रा टुक्रामा विभाजित' भएको कारणले पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गरे। उनले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाँचो रहेको उल्लेख गर्दै नेकपा (एमाले) ले मात्र मुलुकलाई स्थिरता दिनसक्ने दाबी गरे।

उनले आफू विद्यार्थीकालमा पनि यही पार्टी (एमाले) मा आवद्ध रहेको स्मरण गर्दै जसपा विभाजित भएपछि र मुलुकलाई स्थिर राजनीतिक अवस्थाको आवश्यकता रहेको देखेर एमालेमा प्रवेश गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ