विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति
सबै कार्यभार डोकोभरी बोकेर हिँड्न सक्दिनँ : प्रधानमन्त्री कार्की
विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
890
Shares
काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै सबै कार्यभार डोकोभरी बोकेर एक्लै हिँड्न नसकिने बताएकी छन्।
बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफू पनि सहमत रहेको समेत उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पुर्याउन सक्ने अवस्था नरहेको तर्क गरिन्। उनले विश्वविद्यालयलाई आफैँ फुल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनुपर्ने जरुरी रहेको समेत बताइन्।
उनले विश्वविद्यालयहरूलाई हुर्किसकेपछि आफैँ फुल्ने, फल्ने र आफैँ गर्नेतिर जानुपर्ने भन्दै आफैँले आयआर्जन गर्ने बाटोको खोजी गर्नुपर्ने पनि बताइन्।