arrow

लुम्बिनी अस्पतालका मेसु ढकाललाई लिखित जवाफ पेश गर्न आदेश

logo
नारायण वली,
प्रकाशित २०८२ मंसिर १० बुधबार
indra dhakal-suchana aayog- adesh.jfif

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रदेश सरकार मातहत रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा.इन्द्र ढकाललाई राष्ट्रिय सूचना आयोगले आंशिक सूचना दिएको मुद्धामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

माग गरिएका सूचना बुँदागत रूपमा जवाफ नदिएकोले, बुँदागत रुपमा सूचना उपलब्ध गराउन नसक्नाको कुनै कारण भए सोको आधार र प्रमाण सहित बाटोको म्यादबाहेक सात दिनभित्र आयोग समक्ष लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

निजामती सेवा ऐनमा कुनै पनि कर्मचारीलाई तीन महिनाभन्दा बढी निमित्त खटाउन नमिल्ने प्राबधानको धज्जी उडाउँदै शक्ति सञ्चितीकरणलाई प्रभावमा पारी मेसु पदमा रहँदै आएका डा. ढकालले चलाएको प्रादेशिक अस्पतालका तपसिलका बिषयमा अध्ययन तथा समाचारका लागि उद्देश्य खुलाएर हाम्रा कुराकर्मी पत्रकार नारायण वलीले गत साउन ३० गते दर्ता गरेको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०६५ को नियम ३ बमोजिम दिइएको सूचनाको गत भदौ १३ गते सूचनाको हकसम्बन्धी ऐनको परिच्छेद-५ बमोजिम आंशिक सूचना दिइएको विरुद्ध आयोगमा गत भदौ ३१ गते मुद्धा दायर गरिएको थियो । 

उक्त उजुरीमाथि आयोगमा गत कार्तिक १७ गते भएको पुनरावेदनमा आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेश प्रसाद आचार्य र सूचना आयुक्त दुर्गा भण्डारी पौडेलको संयुक्त इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० (२) बमोजिम लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आदेशमा विपक्षी अस्पतालका मेसु ढकालले तोकिएको म्यादभित्र लिखित जवाफ नपठाएमा नियमानुसार पेश गर्न समेत सुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ