arrow

उज्वल थापा फाउन्डेसनको संवादमा चुनावलाई केन्द्रमा राखी अगाडि बढ्न सरकारलाई सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
uthapa-foundation.jpg

काठमाडौँ । उज्वल थापा फाउन्डेसनले आयोजना गरेको संवाद शृंखलाको दोश्रो भाग सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा भएको  उक्त कार्यक्रममा नयाँ तथा पुराना विभिन्न दलका युवा नेतृत्व र जेन-जी अभियानका अभियन्ताको उपस्थिति रहेको थियो । 

कार्यक्रमको मुख्य उद्देश्य नेपालमा बदलिँदो राजनीतिक परिवेशका बीच संवाद, सहकार्य र सहअस्तित्वले नै निकासका मार्ग दिन्छ भन्ने थियो। बढ्दो जनअसन्तुष्टि तथा विशेषगरी नयाँ पुस्ता जेन-जीद्वारा उठाइएका पारदर्शिता, उत्तरदायित्व र सुशासन सम्बन्धी मागहरूले वर्तमान राजनीतिक नेतृत्वलाई गम्भीर आत्ममूल्यांकनमा  उभ्याएको छ। यही चुनौतीको समाधान संवाद, सहकार्य र सहअस्तित्वको माध्यमबाट मात्र सम्भव छ भन्ने कुराहरू छलफलबाट आएका थिए । 

कार्यक्रममा राजनीतिक दल तथा जेञ्जिका प्रतिनिधिहरुले अहिलेको अन्तरिम नागरिक सरकारले चुनावलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने साझा घारणा राखे। फागुन २१ को चुनाव यो सरकारको प्रमुख कार्यभार भए पनि भ्रस्टाचारका मुद्दामा यो सरकारले सकृयतापूर्वक काम गर्नु पर्दछ भन्ने कुरामा वक्ताहरुले जोड दिएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले अबको राजनीति राजनीतिक मुद्दाहरुमा मात्र केन्द्रित नभै आर्थिक मुद्दाहरुलाई सरकार संचालनको केन्द्रमा राख्नु पर्ने कुरामा जोड दिए । जेन-जी फ्रन्टका नेता युजन राज भण्डारीले भने भदौ २३ मा शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने तत्कालिन सरकारको नेतृत्व र जिम्मेवार अधिकारिलाई कारबाहीको दायरामा नल्याई चुनाव गर्न सम्भव नहुने धारणा राखेका थिए। 

जनता समाजवादी नेपालकी  नेत्री रन्जु झाले निर्वाचन कानुन नै संसोधन गरेर निर्वाचनलाई कम खर्चिलो बनाउने उपाय खोजिएन भने यो चुनावबाट पनि पुरानै खालको नेतृत्व निर्वाचित भएर आउने चिन्ता व्यक्त गरिन । बिबेकशील साझाक नेता प्रकाश चन्द्र परियारले सरकार जटिल भन्दा भनि तत्काल गर्न सकिने काममा ध्यान दिनु पर्ने सुझाब दिनु भयो। 

उज्यालो नेपाल पार्टीका नेता सन्जिब भट्टराईले विदेशमा बस्ने नेपालिहरुलाई यो निर्वाचन मै मतदान गर्न पाउने व्यवस्था मिलाउन नागरिक सरकारलाई सुझाए। गतिशील लोकतान्त्रिक पार्टीका नेता बुसन प्रसाईले अहिलेको प्रमुख आबस्यकता नेपाल भित्र लाखौ रोजगार सिर्जना गर्नु पर्ने र त्यसको लागि पर्यटन, कृषि र सुचना प्रबिधिको सक्षम ब्यबस्थापनबाट एक दशक मै आर्थिक क्रान्ति गर्न सकिने धारणा राखे। 

नेपालि कांग्रेसका नेता नयनसिंह महरले जेन-जीको आन्दोलन पुराना दलहरु आफै सच्चिन नसक्दाको परिणाम भएको र जेन-जी आन्दोलनले उठाएका मागहरुलाई पुराना दलहरुले आत्मसाथ गर्न सकेनन भने दलहरु कै अस्तित्व संकटमा पर्न सक्ने बिचार राखेका थिए। 

नेकपा एमालेका नेता रमेश पौडेलले नेपालमा राजनीतिक दलहरुको संख्या धेरै भयो, अब बैचारिक हिसाबले नजिक रहेका राजनीतिक दलहरु गोलबद्द बनेर चुनावमा जानु पर्ने, अन्यथा राजनीतिक अस्थिरता अबको निर्वाचन पछि पनि रहिरहने जिकिर गरे। नेपाली कम्युनिस्ट पार्टीकि नेत्री सासद रेणु चन्दले आई भोटिङलाई पूर्ण रुपमा लागु गर्न नसके पनि सांकेतिक रुपमै भए पनि नेपाल बाहिरका कुनै सहरहरुमा सुरु गर्न यो सरकारलाई सुझाव दिइन् । 

नागरिक सरकारका प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणले यो सरकारको प्रमुख कार्यभार निर्वाचन रहेको र जसका लागि यो सरकार सबैको विश्वास जितेर काम गर्नु पर्ने कुरामा जोड दिए। राजनीतिक दलहरु निर्वाचनको महत्वपूर्ण पक्ष भएको हुदा यस्ता छलफलहरुले निर्वाचनको बाताबरण बनाउनका सयोग पुग्ने कुरामा नारायणले विश्वास व्यक्त गरे। 

उज्वल थापा फाउन्डेशनले विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, युवा अभियन्ताहरूबीच अन्तरदलिय/पक्षीय छलफल शृंखला संचालन गरिरहेको छ र फाउन्डेसनले यो शृंखलालाई निरन्तरता दिदै बाँकी ६ ओटा संवाद गर्नेछ।

यसअघि पहिलो भाग २०८२ कार्तिक १६ गते सम्पन्न भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ