arrow

निर्वाचन आयोगमा ६८ दल दर्ता, एक सय ३२ पुग्यो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
ishori-pd-bhattrai.jpg

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुल ६८ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलबारसम्म ६८ ओटा दल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

प्रवक्ता भट्टराईका अनुसार हाल आयोगमा दर्ता कायम रहेका दलको संख्या एक सय ३२ पुगेको छ ।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।

उनले बाँकी सबै राजनीतिक दललाई समेत निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुन आह्वान गरे ।

उनले भने, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो । मंगलवारसम्म ६८ ओटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेको अवस्था छ । आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरुको संख्या एक सय ३२ हो । बुधबार कार्यालयभित्र निर्वाचन प्रयोजको लागि दल दर्ता गर्ने समय बाँकी छ । बाँकी समयमा अरु बाँकी दल पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।’

प्रवक्ता भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताए ।

विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ