काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तीय राजधानी पेशावरमा रहेको संघीय कन्स्टेबुलरीको मुख्यालयमा सोमबार भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका प्रहरीले जनाएको छ ।
खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक जुल्फिकार हमीदले मिडियालाई बताएअनुसार एक आत्मघाती हमलाकारीले पहिले फ्रन्टियर कन्स्टेबुलरीको रूपमा चिनिने संघीय कन्स्टेबुलरीको मुख्यालयको मुख्य ढोकामा आफ्नो ज्याकेट विस्फोट गराएको थियो ।
आक्रमणपछि दुई आतंककारी मुख्यालयको प्रारम्भिक क्षेत्रमा प्रवेश गरे, तर ड्युटीमा रहेका गार्डहरूले दुवै आतंककारीलाई घटनास्थलमै गोली हानी मारेको प्रहरी प्रमुखले बताए ।
प्रहरी प्रमुखले मारिएका दुई आतंककारीमध्ये एक आत्मघाती बम हमलाकारी थिए र गोलीबारीपछि उनको विस्फोटक पदार्थले भरिएको ज्याकेट विस्फोट भयो । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।