arrow

भीमफेदी कारागारबाट १ सय ६८ कैदीबन्दी अझै फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
karagar-prison-management.jpg

काठमाडौँ। मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट गत भदौ २४ गते राति पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये दुई सय ७२ जना कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन्।

कारागार प्रमुख सुवास पौडेलले दिएको जानकारीअनुसार आज बिहानसम्म कुल दुई सय ७२ कैदीबन्दी भीमफेदी कारागार फर्किएका छन्। यसबाहेक अन्य कारागारबाट फरार भएका ३७ जना गरी कुल तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए। उनका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन्। फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै बेपत्ता छन्।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए। कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ