झापा। जेन-जी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक जना बन्दी यहाँ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेका छन्। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए।
प्रहरीले खोजतलासका क्रममा सुब्बालाई आइतबार उनकै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने तयारी गरिएको छ।