चर्को दबाबपछि लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
725
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने राष्ट्रिय लिग तथा शहीद स्मारक ए डिभिजन लिग सम्बन्धी विभिन्न विषयहरुमा छलफल शुरू भएको छ ।
छलफलमा ए डिभिजन लिगका क्लब र खेलाडी सहभागी रहेका छन् । शहीद स्मारक ए डिभिजन लिग आयोजनाको माग गर्दै यसअघि नै फुटबल खेलाडी र क्लबहरूले धर्ना र आन्दोलन गरेका थिए ।