arrow

एक सय ११ मिटर लामो चुनरी चढाइयो जानकी मन्दिरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
chunari-janaki-mandir.jpg

जनकपुरधाम । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । 

जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए । 

जीन माता ट्रस्टले यसअघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ । पछिल्लो वर्षसमेत विवाह पञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ