रेखा खोलामा शव फेला, अनुसन्धानका लागि दुई जना नियन्त्रणमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
730
Shares
झापा। झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा एक व्यक्तिको शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति रेखा खोला नजिकै फेला पारेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया सम्पन्न गरेर शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि आवश्यक अनुसन्धान सुरु गरिएको श्रेष्ठले थप बताए।