arrow

लिभरपुल र म्यानसिटी हार्दा जित्यो चेल्सीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
nottingham-forest-epl.jpg
तस्बिर – लिभरपुललाई हराएपछि नटिंघमका खेलाडीहरू ।

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी पराजित हुँदा चेल्सी विजयी भएको छ । 

गएरातिको खेलमा चेल्सीले बर्नलीलाई उसकै मैदानमा २–० ले हरायो । तर लिभरपुल भने आफ्नै मैदानमा नटिंघम फरेस्टसँग ३–० ले पराजित भयो । 

त्यस्तै म्यानचेस्टर सिटी न्यूकासल युनाइटेडसँग उसकै मैदानमा २–१ ले पराजित भयो । 

गएरातिका अन्य खेलमा एएफसी बर्नमाउथले वेष्टह्याम युनाइटेडसँग २–२ को बराबरी खेल्दा ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले हरायो । फुल्हमले सन्डरल्याण्डलाई १–० ले पराजित गर्दा वुल्भ्स क्रिष्टल प्यालेससँग २–० ले पराजित भयो । 

अंक तालिका
अंक तालिकामा आर्सनल ११ खेलमा २६ अंकसहित शीर्ष स्थानमा रहेको छ । चेल्सी १२ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

म्यानसिटी १२ खेलबाट २२ अंकसहित तेस्रो स्थानमा हुँदा क्रिस्टल प्यालेस २० अंकबाट चौथो तथा ब्राइटन १९ अंकबाट पाँचौँ स्थानमा छ । 

लिभरपुल १२ खेलबाट १८ अंकसहित ११ औँ स्थानमा रहेको छ । 

आजका खेल
आज बेलुकी पौने ८ बजे लिड्स युनाइटेड र एस्टनभिल्ला भिड्दै छन् । त्यस्तै राति सवा १० बजे आर्सनलले घरेलु मैदानमा टोटनह्याम हट्सपरसँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ