सरकारसँग सहमति : दुर्गा प्रसाईँको महाअभियाले गर्यो नेपाल बन्दका कार्यक्रम फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
1.1k
Shares
काठमाडौँ। विवादित व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज (आइतबार) देखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसँग भएको वार्तापछि महाअभियानले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको हो।
सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार, वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको थियो। वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेत ध्यानमा राखी महाअभियानले उठाएका जायज मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै सहमति गरेको छ।
सो सहमतिलगत्तै महाअभियानले आजदेखि हुनेगरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिएको छ। यी कार्यक्रमलाई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ। साथै, अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ।