arrow

काठमाडौँमा एमालेको शक्ति प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
uml-82-8-6yyyyyyyy (1).jpg

काठमाडौँ । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले) ले काठमाडौँमा वृहत जनसभा आयोजना गरेको छ । 

शनिबार काठमाडौँको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो । 

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने नेता पार्वत गुरुङले जानकारी दिए । 

सभामा अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले असंवैधानिक रुपमा गठन भएको वर्तमान सरकारको मनसाय नै निर्वाचन गराउने नरहेको जिकिर गर्दै त्यसका विरुद्ध वडा तहदेखि नै जनपरिचालनको कामलाई अघि बढाएको छ । 

उसले यही मंसीर २७, २८ र २९ गते आयोजना गरिएको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको कामलाई पनि एकसाथ अघि बढाएको छ । –

uml-82-8-6yyyyyyyy (1).jpg
uml-82-8-6yyyyyyyy (4).jpeg
uml-82-8-6yyyyyyyy (5).jpeg
uml-82-8-6yyyyyyyy (6).jpeg
uml-82-8-6yyyyyyyy (7).jpeg
uml-82-8-6yyyyyyyy (8).jpeg
uml-82-8-6yyyyyyyy (9).jpeg
uml-82-8-6yyyyyyyy (10).jpeg
uml-82-8-6yyyyyyyy (1).jpeg
uml-82-8-6yyyyyyyy (2).jpeg
uml-82-8-6yyyyyyyy (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ