arrow

यस्तो सहमति भयो जेन–जी र बारा प्रशासनबीच [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
genZ-bara-administration-82-9-6 (19).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

बारा । बारा स्थानीय प्रशासन र जेन–जी प्रतिनिधिबीच शुक्रबार भएको वार्तापछि तीन बुँदे सहमति गरिएको छ । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपालको प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा सिमरामा उत्पन्न द्वन्द्व व्यवस्थापन गर्ने सहमति जुटेको हो । 

 वार्तामा जेन–जीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्नेजस्ता तीन वटा विषयलाई सम्बोधन गर्ने कुरामा दुवै पक्षबीच सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

वार्तामा सहभागी जेन–जीका अगुवाले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ‘ग्यारेण्टी’ हुनुपर्ने माग राखेका थिए । प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र जेन–जीको तर्फबाट अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादव, बाराका अध्यक्ष सम्राट उपाध्यायसहित जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको सहभागिता थियो । 

गत बुधबारदेखि तनावमा रहेको सिमरा घटना साम्य पार्न छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । दुवै पक्षबीच छलफल जारी रहेको समयमा जेन–जीका अगुवा गुरुङ सहभागी भएको उनले बताए । 

“जेन–जीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता छन्”, प्रजिअ मिश्रले भने ।

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेन–जी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि बारा अशान्त बनेको थियो । 

स्थिति सामान्य बनाउन लगाइएको कर्फ्यु आदेशसमेत अवज्ञा गर्दै जेन–जी युवाले बुधबार र बिहीबार दिनभरि वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

genZ-bara-administration-82-9-6 (19).jpg
genZ-bara-administration-82-9-6 (20).jpg
genZ-bara-administration-82-9-6 (1).jpg
genZ-bara-administration-82-9-6 (2).jpg
genZ-bara-administration-82-9-6 (3).jpg
genZ-bara-administration-82-9-6 (4).jpg
genZ-bara-administration-82-9-6 (5).jpg
genZ-bara-administration-82-9-6 (6).jpg
genZ-bara-administration-82-9-6 (7).jpg
genZ-bara-administration-82-9-6 (8).jpg
genZ-bara-administration-82-9-6 (9).jpg
genZ-bara-administration-82-9-6 (10).jpg
genZ-bara-administration-82-9-6 (11).jpg
genZ-bara-administration-82-9-6 (12).jpg
genZ-bara-administration-82-9-6 (13).jpg
genZ-bara-administration-82-9-6 (14).jpg
genZ-bara-administration-82-9-6 (15).jpg
genZ-bara-administration-82-9-6 (16).jpg
genZ-bara-administration-82-9-6 (17).jpg
genZ-bara-administration-82-9-6 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ