सकियो फागुन २१ को निर्वाचनका लागि तोकिएको मतदाता नामावली दर्ताको समय [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
812
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय गए मध्यरातिदेखि सकिएको छ ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
यस बीचमा करिब सात लाख नयाँ मतदाता थपिएको जनाएको आयोगले अन्तिम सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
थपिएको सङ्ख्या उत्साहजनक भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो ।
शुक्रबार अन्तिम दिन काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमासमेत निकै भिडभाड रहेको थियो । तस्बिर सबै त्यहीँका हुन् ।